• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

बागलुङमा भेटियो डेंगु, दुई जनामा पुष्टि

  • खबरदाता

बागलुङमा भेटियो डेंगु, दुई जनामा पुष्टि

असार २८, २०७९

 

बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मीबढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको छ।

धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा। शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

उनीहरू शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए। सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ रहेका छन्। ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।

उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

  • प्रकाशित मिति : असार २८, २०७९, मंगलवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८