• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते

  • खबरदाता

नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते

असार २७,२०७९

 

चितवन – नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्क नजिकै भएको दुर्घटनामा ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ बस्ने २१ वर्षिय सन्दीप गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गए राती साढे १ बजेको समयमा पुल्चोकबाट मुग्लिन तर्फ जाँदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

घाइते गुरुङको उपचारका क्रममा राती २ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो भने अर्का घाइते नवलपुर गैंडाकोट नगरपालिका वडा नम्बर ४ का २१ वर्षिय मनिस लामाको गम्भीर अबस्थामा सोही अस्पताल उपचार भइरहेको छ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • प्रकाशित मिति : असार २७, २०७९, सोमवार ०८:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८