असार २७,२०७९
चितवन – चितवनमा बसले किचेर सोहि बसका सहचालकको मृत्यु भएको छ।
आइतबार बिहान करीब ८:१० बजेको समयमा भरतपुर महानगरपालिका २५ शुक्रनगरमा ना५ख ९६७ नम्बरको बस अगाडी बढाउने क्रममा मर्मतका लागि बस मुनि रहेका सह चालक सुरज नेपालीको मृत्यु भएको हो।
प्रहरीका अनुसा बस बिग्रेको र बनाउने क्रममा बसले किचेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा ८ः५० बजे मृत्यु भएको हो।
बस र चालक भरतपुर २७ को बर्ष ४२ का राज कुमार गुरुङ चितवन प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८