• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आचार्यले भने , ‘श्रमको उचित मूल्याङ्कनको लागि मेरो उम्मेद्बारी’

  • खबरदाता

आचार्यले भने , ‘श्रमको उचित मूल्याङ्कनको लागि मेरो उम्मेद्बारी’

असार २५,२०७९

 

चितवनः नेपाल प्रेस युनियनको नबौं महाधिबेशनका लागि वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा सभाको आयोजना गरी आचार्यको उम्मेदवारी घोषणा गरेको हो ।

वि। सं। २०५३ साल देखि स्थानीय स्तरमा सक्रिय पत्रकारीता गर्दै आएका आचार्य चितवनबाट प्रकाशीत नयाँ सृष्टी साप्ताहिकको कार्यकारी सम्पादक, पिपल बोट साप्ताहिकको प्रधान सम्पादकको जिम्मेवारी समेत निर्बाह गरी सकेका छन । अलावा आचार्यले कान्तीपुर साप्ताहीकको समाचारदाता, नेपाल साप्ताहीक, समाचार पत्र, हिमालय टाइम्स, च्यानल नेपाल, स्पेस टाइम्स र नयाँ सडक पत्रिकामा काम गरिसकेका छन।

उम्मेदवारी घोषणा सभामा बोल्दै आचार्यले पत्रकारिताको स्थायीत्व र श्रमको उचित मूल्याङ्कन आफ्नो मुख्य मुद्धाको रुपमा रहेको बताए । हरेक आन्दोलनमा सक्रिय भूमिका निर्बाह गर्ने सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकारहरुको हक अधिकारका लागि आँफु सधै लाग्ने उनले बताए । उनले भने “अहिले पत्रकारिता क्षेत्र बिसम परिस्थितिबाट गुज्रिएको छ, यसलाई माथि उठाउन जरुरी छ ।” नागरिकलाई संबिधानले प्रदान गरेका अधिकार सुनिश्चितता दिलाउनका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै आचार्यले स्थानीय, प्रदेश र संघिय सरकारलाई मिडिया मैत्रि कानुन बनाउन घचघच्याउने आफ्नो जिम्मेवारी रहेको बताए ।

मिडियामा प्रबिधिको उच्चतम प्रयोग गर्दै राज्यको प्रतिपक्षको रुपमा उभ्याउनका लागि आफ्नो उम्मेदवारी रहेको आचार्यले जानकारी गराए । घोषणा सभामा बोल्दै युनियनका केन्द्रिय सदस्य बसन्त पराजुलीले बरिष्ठ उपाध्यक्षको जिल्ला भएकाले चितवनले अध्यक्षको दाबि गर्नु स्वभाबिक रहेको बताए। उनले भने “तल्लो तहबाट संगठन निर्माणमा जुट्नु भएका आचार्यको दाबिलाई सहज रुपमा लिनु पर्छ ।”

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले आचार्यको उम्मेदवारी घोषणा संगै बिजयीको सुरुवात भएको बताए । उनले भने “युनियनलाई शशक्त वनाउँदै श्रमजीविको पक्षमा लैजानका लागि आचार्यको नेतृत्व आबश्यक छ ।” घोषणा सभामा प्रेस चौतारी बागमती प्रदेशका सह–इन्चार्ज शालिग्राम नेपाल र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रकाशमणी ज्ञवालीले पनि आचार्यलाई शुभकामना दिएका थिए । युनियनको नबौं महाधिबेशन यही साउन ६ र ७ गते मकवानपुरमा हुँदै छ ।

  • प्रकाशित मिति : असार २५, २०७९, शनिवार १७:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८