• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

के सन्देश लिएर आउँदै छन्, लिउ ?

  • खबरदाता

के सन्देश लिएर आउँदै छन्, लिउ ?

असार २५, २०७९

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी चारदिने नेपाल भ्रमणमा नेपाल आउन लागेका हुन् ।

उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नेछन् । गत जुन महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका लिउले जुनको अन्तिम साता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अलगअलग भिडियो वार्ता गरेका थिए ।

लिउ एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका छन् । उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गत साता मात्रै भिडिओ कुराकानी गरेका थिए ।

नेपालका राजनीतिक दलसँग सीपीसीको सम्बन्ध विस्तार गर्ने एजेन्डा रहेको छ । त्यस्तै, उनले भ्रमणका क्रममा बेल्ट एन्ड रोड अवधारणा (बीआरआई)को विषयमा नेपालका उच्च तहको नेतृत्वसँग छलफल गर्ने एजेन्डा छ । चिनियाँ सहयोगमा रेल र सडकजस्ता विकास परियोजनामा अघि बढाउन नेपालको ढिलाइ’दयगत यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्नु उनको अर्को एजेन्डा हो ।

  • प्रकाशित मिति : असार २५, २०७९, शनिवार ०७:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८