असार २०,२०७९
चितवन । चितवनको खैरहनी ५ स्थिति ढुम्रे खोलामा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३२ का सुरज बस्नेत रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बस्नेत खैरहनी नगरपालिका वडा नम्बर ५ स्थित बुढ्यौली आफ्नो दिदी भिनाजुको घरमा आईतबार आएका थिए । आज बिहान १० बजे खाना खाएर बस्नेतको भाञ्जा मुकेश पौडेलसंँग ढुम्रे खोलामा नुहाउने क्रममा उनलाई सवा ११ बजे बगाएको थियो ।
उनलाई बगाएको खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । बगाएको ठाउंँबाट २०० मिटर तल बस्नेतको शब फेला परेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८