• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

न्युरो टिप्न जाँदा लदरी खोलाले बगाएर महिलाको मृत्यु

  • खबरदाता

न्युरो टिप्न जाँदा लदरी खोलाले बगाएर महिलाको मृत्यु

असार १४,२०७९

न्युरो टिप्न जाने क्रममा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको रत्ननगर-१४ माधवपुर घर भई खैरहनी-१ साहीचोक बस्ने ३४ वर्षिया कल्पना श्रेष्ठ रिजालको मंगलबार दिउँसो करिब ३।१५ मा खैरहनी-६ तुलसीपुर स्थित लदरी खोलाको डिलबाट चिप्ली खोलाले बगाएर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय खेरहनीबाट खटिएको १५ जनाको उद्दार टोलीले खोजतलास गर्दा घटनास्थलको अन्दाजी १० मिटर तल बगाई खोलामा रिजालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

  • प्रकाशित मिति : असार १४, २०७९, मंगलवार १९:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८