• साउन ३१, २०७९, मंगलवार Tuesday, 16 August, 2022
centreal college

कोटेश्वरमा हायसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

  • खबरदाता

कोटेश्वरमा हायसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

असार १३, २०७९

कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो।

मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हायसले पैदलयात्रुलाई बचाउन खोजे पनि ठक्कर दिन पुगेको घटनास्थलमा पुगेका एक प्रहरीले बताए।

‘हायसले ठक्करबाट बचाउन खोजेजस्तो पनि देखिन्छ। तर ठक्कर पनि दियो। त्यसपछि फेरि गएर अर्को ट्रकलाई ठक्कर दिएको छ’ उनले भने।

उनका अनुसार हायसमा यात्रुहरू भने थिएनन्।

हायस गाडीले पैदलयात्री सेनलाई ठक्कर दिएपछि फेरि प्रदेश नम्बर ३-०१-००ख ०२९५ नम्बरको ट्रकलाई ठक्कर दिएको छ। कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको हायसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई ठक्कर दिएको हो।

दुर्घटनामा हायसका सहचालक घाइते छन्। चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असार १३, २०७९, सोमवार २१:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८