• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

  • रासस

हतियारसहित तीन भारतीय नागरिक पक्राउ

असार १३, २०७९

सशस्त्र प्रहरीको टोलीले  धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिए ।

 

जकपुरधामबाट भारततर्फ जाँदै गरेको तीनै सवार बिआर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई भारतीय सीमा क्षेत्रमा रोकेर जाँच गर्दा सिटमुनीबाट मेड इन युएसए लेखिएको ७।६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक सुवेदीले बताए । पक्राउ परेका तीनैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असार १३, २०७९, सोमवार २१:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८