• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

टिकौलीको जंगलमा दुईवटा कार एकआपसमा ठक्कर खांँदा दुईजना घाईते

  • खबरदाता

टिकौलीको जंगलमा दुईवटा कार एकआपसमा ठक्कर खांँदा दुईजना घाईते

असार १३,२०७९

चितवन । दुईवटा कार एकआपसमा ठक्कर खांँदा दुईजना घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार सांँझ ५ बजेर ५० मिनेट जांँदा भरतपुर महानगर पालिका वडा नम्बर १२ स्थित टिकौली जंगलमा भरतपुरबाट टांँडी जांँदै गरेको प्रदेश ३–०१–०२३ च २८३९ न.को कार र बिपरित दिशा बाट जाँदै गरेको बा २५ च २५२२ न.को कार एक आपसमा ठक्कर खांँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परि बा २५ च २५२२ न.को कार चालक बिरगंज २५ बस्ने सुनिल पटेल गम्भिर घाईते भएका छन । उनको छातीमा भित्री चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

सोही कारमा सवार तारा चन्द्र प्रसाद पटेलको अवस्था सामान्य रहेको छ । दुबै जनाको उपचार चितवन मेडिकल कलेजमा भईरहेको प्रहरीले जनाएको

  • प्रकाशित मिति : असार १३, २०७९, सोमवार २१:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८