असार ९, २०७९
काठमाडौं – पार्टीका सबै नेतालाई पालैपालो मन्त्रीको कुर्सीमा बसाउने योजनामा रहेको नेकपा (एकीकृत समाजवादी) का निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा बाधक बनेका छन् ।
पार्टीको मन्त्री परिवर्तन गर्न दिएको सूचीलाई प्रधानमन्त्रीले वेवास्था गरेपछि एकीकृत समाजवादी सत्ता गठबन्धनप्रति रुष्ट भएको छ ।६—६ महिना आलोपालो गर्ने सहमती अनुसार पूराना ५ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री बन्नेको सूची प्रधानमन्त्रीलाई बुझाएको थियो।
पार्टीको निर्णयलाई प्रधानमन्त्रीले बेवास्था गरेको उसको ठहर छ । सुरूमा बजेटमाथिको छलफल चलिरहेको अवस्थामा मन्त्री हेरफेर गर्न नहुने भनेर प्रधानमन्त्रीले टारेका थिए । पटक पटक मन्त्री फेरबदल गर्दा सरकारप्रति जनताको नकारात्मक सोचको विकास हुन सक्ने भन्दै मन्त्री फेर्न प्रधानमन्त्रीले सकारात्मक देखिदैनन् । प्रधानमन्त्रीका कारण पूराना मन्त्रीहरुलाई राहत मिलेको छ । सरकारमा जाने भनेर खुट्टा उचालेर बसेका नेताहरुले भने पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् ।
सो पार्टीको सचिवालय बैठक पुनः मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले त गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाएका छन् । उनले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको उनको ठम्याइछ ।
गठबन्धन अपमानपूर्ण ढंगले व्यवहार गरेको हुनाले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न नसकेको उनको बुझाइछ ।उनले भने, थोरै संख्या भएपनि हामी आगोको फिलुङ्गो जस्तै हो ।सरकरले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरुद्धमा नेकपा (एकीकृत समाजावादी) नरहेको भन्दै सरकारले अविलम्व मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्ने बताए ।
सम्मानित नेता खनालले सरकारले कुनै बहाना नबनाइ जनतालाई राहत दिनुपर्ने बताए ।उनले भने, ‘मूल्यबृद्धिले जनताको ढाड सेक्छ, हामीले यसकोबिरुद्धमा आवाज उठाउनु पर्छ । नेकपा एकीकृत समाजावादी यो मूल्यवृद्धिका पक्षमा छैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८