• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

  • खबरदाता

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

असार ८, २०७९

न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरण’दयगत छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए ।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो।

न्यायाधीश र कानुन व्यवसायीबीचकै अडियो सार्वजनिक भएपछि न्याय परिषदको आकस्मिक बैठक बसेको हो । घुस डिल प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्यायपरिषद्लाई आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : असार ८, २०७९, बुधवार १६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८