• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सरकारले पेट्रोल २१ र डिजेल-मट्टीतेलमा २७ रूपैयाँले बढायो मुल्य

  • खबरदाता

सरकारले पेट्रोल २१ र डिजेल-मट्टीतेलमा २७ रूपैयाँले बढायो मुल्य

 

असार ६,२०७९

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा भारी मूल्यवृद्धि गरेको छ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल प्रति लिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।

नयाँ मूल्य अनुसार पेट्रोल १९९ , डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ। सरकारले एलपी ग्यासको भने मूल्य यथावत राखेको छ।

आन्तरिक हवाइ इन्धनमा लिटर १९ रूपैयाँ र बाह्यमा १०० अमेरिकी डलर बढाइएको निगमले जनाएको छ।

यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो।

  • प्रकाशित मिति : असार ६, २०७९, सोमवार ०५:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८