• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल

  • खबरदाता

राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल

असार ४, २०७९

 

पछिल्लो समय विभिन्न शीर्षकमा सङ्कलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ ।

 

आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांकअनुसार राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको हो।

विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल वैदेशिक मुद्रा सञ्चिती, पुँजीगत खर्च, हरेक वस्तुको आयात नियन्त्रणमा असफलता लगायत अधिकांश सूचकमा देश आर्थिक रूपले कमजोर बन्दै गएको अवस्थामा सरकारले चालू आवमा राजस्व सङ्कलनको लक्ष्यसमेत भेटाउन नसक्ने अवस्था देखिएको छ । विभागले यस अवधिमा सबै शीर्षकमा गरी जम्मा ८८ दशमलव ४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : असार ४, २०७९, शनिवार ०८:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८