• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत, एक पक्राउ

  • खबरदाता

दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत, एक पक्राउ

जेठ ३१,२०७९

 

नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेका थिए।

पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि श्रीषलाई पक्राउ गरेको हो। आरोपितलाई पक्राउ गरी आवश्यक अनुसधान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस

  • प्रकाशित मिति : जेठ ३१, २०७९, मंगलवार २१:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८