• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या

  • खबरदाता

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या

जेठ २९,२०७९

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या भएको छ।

सुनसरीमा ३० वर्षीय दाइले आफ्नै १८ वर्षीय भाइको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बराहक्षेत्र नगरपालिका(४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीले आफ्नै १८ वर्षीय भाइ देवकुमारमाथि खुकुरी प्रहार गरी हत्या गरेको हो। हत्या आरोपमा प्रहरीले आइतबार बिहान देवराजलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूबीच चुरोटको निहुँमा झगडा भएको थियो। देवराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएका थिए।

उनको उपचारको लागि घोपा धरान अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

  • प्रकाशित मिति : जेठ २९, २०७९, आइतवार १८:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८