• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बाघको आक्रमणबाट चितवनमा थप एक घाइते

  • खबरदाता

बाघको आक्रमणबाट चितवनमा थप एक घाइते

 

जेठ २७,२०७९

भरतपुर । बाघको आक्रमणबाट चितवननमा अर्का एक जना घाइते भएका छन।

शुक्रबार बेलुकी अन्दाजी सवा ४ बजेको समयमा भरतपुर महानगर(२३ स्थित हरियाली सामुदायिक वन नजिक राप्ती खोला हेर्न गएको अवस्थामा ४३ वर्षीय राजेश वाइवा बाघको आक्रमणबाट घाइते भएका हुन।

आक्रमणबा वाइवाको छाती र कुमममा चोट लागेको र हाल नयाँ मेडिकल कलेज ९सिएमसी० मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार बिहान ६ बजे राप्ती(१ का ४३ वर्षीय इन्द्रबहादुर थिङ वाइवालाई तरकारी टिप्न खेतमा गएका बेला बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरी, पशुप्राविधिकको टिमले डार्ट गरेर सो बाघलाई नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : जेठ २७, २०७९, शुक्रवार १९:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८