जेठ २७ ,२०७९
चितवन – भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले संस्थागत र सामुदायिक बिधालय माथिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन।
भरतपुर माहानगर प्याब्सनले नवनिर्वाचित जनप्रतिनिधिलाई शुक्रवार गरेको सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले संस्थागत र सामुदायिक बिधालयहरुमा हुने गरेका विविध बिभेदहरुको अन्त्य गर्न आफुले सक्दो सहयोग गर्ने पनि बताए । देश आत्मनिर्भर बन्न गुणस्तरिय शिक्षाको आबश्यकता रहेको उनको भनाइ थियो। शिक्षा बिना देशको भबिस्य अन्धकार छ अधिकारीले भने ,एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई सुधार्न पनि शिक्षा आबश्यक छ । उप प्रमुख अधिकारीले मानव जिबनसंग शिक्षाको सम्बन्ध जोडिएको बताए । जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ उप प्रमुख अधिकारीले भने ।
हाल भरतपुर माहानगरपालिकामा प्याब्सन अन्तर्गत ८६ वटा बिधालय र अन्य ८ वटा निजि स्तरबाट सचालित बिधालयहरु सचालनमा रहेका छन । भरतपुर माहानगरपालिका भित्र करिब ९४ वटा संस्थागत बिधालयमा करिब ६० हजार विद्यार्थीहरु अध्ययनरत छन । भरतपुर माहानगर प्याब्सनले दिएको जानकारी अनुसार ६ हजार विद्यार्थीले छात्रवृत्तिमा निशुल्क पढिरहेका छन भने ४ हजार शिक्षक कर्मचारीले रोजगारी पाएका छन ।
कार्यक्रममा प्याब्सन भरतपुर माहानगरका अध्यक्ष लेखनाथ खनाल,प्याब्सन भरतपुरका सल्लाहकार श्रीप्रसाद ढुङगना,प्याब्सनका केन्द्रिय सदस्य मोहन लामा,सस्थागत बिधालय अर्गनाइजेसन संघ भरतपुरका अध्यक्ष भोजराज न्यौपाने, सस्थागत बिधालय शिक्षक युनियन चितवनका अध्यक्ष जनकराज घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियोे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८