• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा दुई जना घाइते

  • खबरदाता

स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा दुई जना घाइते

जेठ २४,२०७९

 

दाङ – गढवा गाउँपालिका–३ गोबरडिहामा स्कार्पियो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

गढवा–कालाकाटे सडकखण्ड अन्तर्गत पूर्वदेखि गढवातिर आउँदै गरेको बा १२ च ८९६९ नम्बरको स्कर्पियोले विपरित दिशाबाट आउँदै गरेको रा ४ प ९०९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएको प्रहरी जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको छ। स्कार्पियो चालक भने फरार रहेका प्रहरीले जनाएको छ। घटनामा घाइते हुनेहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

 

  • प्रकाशित मिति : जेठ २४, २०७९, मंगलवार १९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८