• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वातावरण दिवसमा अंकुरम : विद्यार्थीहरुद्धारा बृक्षारोपण

  • खबरदाता

वातावरण दिवसमा अंकुरम : विद्यार्थीहरुद्धारा बृक्षारोपण

जेठ २२,२०७९

भरतपुर – विश्व वातावरण दिवसको अवसरमा आइतबार  अङ्कुरम् एकेडेमी भरतपुरका विद्यार्थीहरुले वृक्षारोपण गरेका छन् ।

दिवसको अवसर पारेर विद्यार्थीहरुद्धारा बृक्षारोपण गरेको हो ।

विद्यालय परिसर लगायत आसपामा र वडा नम्बर ७ को कार्यालय सम्म उनीहरुले विभिन्न जातका पाँच सय विरुवा रोपेका छन।

विद्यालय वरिपरिको वातावरण स्वच्छ र हरावरा बनाउन यस कार्य महत्वपूर्ण रहेको ७ नम्बर वडाका  वडाध्यक्ष राजेन्द्र मणी काफ्लेले बताए ।
एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले भावी सन्ततीलाई प्रकृति प्रेम सिकाउन र वातावरणको संरक्षण का लागि विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिन विद्यालयले बृक्षारोपण गरिएको बताए । “मुख्य कुरा भावी सन्ततीलाई प्रकृति प्रेम सिकाउनु नै हो पौडेलले भने , आगामी पुस्तालाई प्रकृति र वातावरणको माया सिकाऔं  । काठ हैन रुखलाई माया गर्न सिकाउँ । रुख रोप्ने अनि पानीको स्रोतलाई माया गर्न सिकाउँ ।”

कार्यक्रममा विद्यालय वरपरका ५ वटा टोलसुधार समितीको  पनि सहकार्य रहेको थियो । बृक्षारोपणका लागि आवश्यक विरुवा राष्ट्रपति चुरे तराई मधेश विकास समिती भरतपुरले उपलब्ध गराएको हो ।

जुन  ५ तारिखमा विश्वव्यापी मनाइने  यो दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईको हो । दिवसको यस बर्षको नारा ” केवल एउटा पृथ्वी” भन्ने रहेको छ । यस नाराले प्रकृतिसंग मेलमिलापमा दिगो रुपमा आवश्यकता र नीतिहरु व्यक्तिगत छनोटहरु दुवै मार्फत हरियाली जीवनशैलीमा सर्ने हाम्रो सम्भावनाहरुमा केन्द्रित हुन पैरवी गर्दछ । बिश्व पर्यावरण प्रति वौद्धिक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
अंकुरम एकेडेमीले स्थापना देखि नै विद्यार्थीहरुको बौद्धिक र शारिरिक क्षमता विकासका लागी कार्य गर्दै आएको छ ।

  • प्रकाशित मिति : जेठ २२, २०७९, आइतवार १४:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८