• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • खबरदाता

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

जेठ २२, २०७९

 

काभ्रेको पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका(५ आइटी पार्कनजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए।

उनका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका(६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन्।

घटनापश्चात् उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : जेठ २२, २०७९, आइतवार १०:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८