• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिसडोलमा फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली

  • खबरदाता

सिसडोलमा फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली

जेठ २२, २०७९

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर विसर्जन गर्ने बताए लगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको छ।

 

मेयर साहको आग्रहपछि नास्टले वैज्ञानिक डा। भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पठाएको हो। गन्ध मापन गर्न नमुना सङ्कलन गरेर फर्किएपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै डा। पन्तले भने- ‘हामीले सिसडोल ल्यान्डफिल साइटको चार क्षेत्रको गन्ध मापन गर्न नमुना लिएर आएका छौँ। अब मापन गरेपछि मात्र कति मात्रामा गन्ध रहेको छ भन्ने थाहा लाग्नेछ।’ उनले सम्भवतः सोमबारभित्र नमुना परीक्षण गरिसक्ने जानकारी दिए। गन्ध को हानिकारक मात्रा परीक्षणपछि गन्ध हटाउन कुन प्रकारको रसायन प्रयोग गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : जेठ २२, २०७९, आइतवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८