• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

पुल्चोक साकोसले मनायो आफ्नो १० औं स्थापना दिवस

  • खबरदाता

पुल्चोक साकोसले मनायो आफ्नो १० औं स्थापना दिवस

जेठ २१,२०७९

 

भरतपुर – पुल्चोक (साकोस) बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औं स्थापना दिवस मनाएको छ।

भरतपुरको नारायणगढमा एक कार्यक्रमको आयोजना गर्दै साकोसले नबनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान समेत गरेको हो।

भरतपुर वडा नम्बर १ बाट निर्वाचित भएका जनप्रतिनिधिहरु केशव महर्जन ,मनोज घिमिरे , राममाया पिया,रमा परियार लगायतलाइ सम्मान गरेको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जनले सहकारीले साना बचतकर्तालाइ घरैसम्म पुगेर सेवा प्रदान गर्ने भएकोले यसलाइ नाफामुलक भन्दा पनि सेवामुलकरुपमा हेरिने गरेको बताए । वडामानै महिलाले संचालन गरेको एक मात्र सहकारी भएकोले वडाको तर्फबाट पुल्चोक साकोसलाई सक्दो सहयोग हुने बताए । सहकारी र जनप्रतिनिधि दुबैको जनाता समक्ष प्रत्यक्ष सरोकार रहने भएकोले धेरै काममा सहकार्य गर्न सकिने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पुर्ब सांसद साबित्रि बोगटीले देशमै पहिलो सहकारी जन्मिएको जिल्लामा महिलाले मात्र संचालन गरेको सहकारीलाइ सरकारले बिग्लै सुबिधा उपलब्ध गराउनु पर्ने बताइन। उनले भनिन, ‘ठुला बैंकहरुको तुलनामा सहकारीले धेरै सुबिधा दिएका छन। बैंकका सेवाग्राही बैंकमै धाउनु पर्छ तर सहकारी सेवाग्राहीको घरमै पुग्छ।’

सहकारी रोजगार प्रबर्द्धन शाखा भरतपुरका प्रमुख रामबाबु पौडेल सहकारी मार्फतनै आर्थिक र सामाजिक परिबर्तन सम्भव भएको बताए । तर ठुला केहि सहकारीलाई नियमन गर्न बनाएको नियमले सानालाई समस्या परेको उनको भनाइ थियो। उनले भने, ‘सहकारी स्थापना गर्नु ठुलो कुरा हैन पुल्चोक साकोस जस्तो १० औं स्थापना दिवस मनाउने हुनु सफलता हो। महिला मैत्री सहकारी भएकोले पुल्चोक साकोसले सहकारीको नेतृत्व गर्न सफल हुनु पर्नेमा पौडेलको जोड थियो।’

साकोसकी संस्थापक सल्लाहकार मिना खरेलले १० बर्ष अघि महिलाले घर खर्चजोगाएर भेला गरेको पैसालाइ एकै थलोमा राख्ने उदेश्यले स्थापना गरेको साकोसले ठुलो फड्को मार्न सफल भएको बताइन। सरकारले सहकारीलाई दोहोरो तेहोरो करमा पारेकोले सेवामुखि काममा समस्या आएको उनको भनाइ थियो। उनले भनिन, ‘नारा र भाषण भन्दा पनि सहकारीको नियमलाइ व्यबहारमा लागु गर्दा प्रतिफल आउन समय लाग्दैन। त्यसैले हामीले नियम भन्दा बाहिर नगइ काम गर्नु पर्दछ।’

कार्यक्रममा साकोसकी संस्थापक अध्यक्ष उषा खरेलले प्रत्येक बर्ष मनाइने स्थापना दिवसमा आफुलाइ गर्व लाग्ने गरेको बताइन् । बिगतमा आफु र अन्य सदस्यले गरेको दुखले संस्था यो अबस्थामा आउनु निकै चुनौती पुर्ण रहेको उनको भनाइ थियो।

साकोसकी अध्यक्ष आरती पन्तको सभापतित्वमा भएको कार्यक्रममा मेनका चापागाईंलेले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको सहजिकरण सचिब मिना श्रेष्ठले गरेकी हुन।

आजै साकोसले गैंडाकोटमा रहेका अपाङ्ग समुहलाइ खाना खुवाउने प्रबन्ध समेत मिलाएको थियो।

  • प्रकाशित मिति : जेठ २१, २०७९, शनिवार १२:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८