जेष्ठ २०, २०७९
अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् ।
उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद सजाय गरेको थियो । उक्त फैसलापछि फरार रहेका चौलागाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चौलागाईलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८