जेठ १७,२०८९
चितवन – नारायणगढ मुग्लिन सडक खण्डको कालिखोलामा बस र ट्रक ठक्कर खाँदा तीन जना घाईते भएका छन् ।
मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख ७०३ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको ना४ख १४१९ नम्बरको बस आज बिहान इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा एक आपसमा ठक्कर खादाँ बसमा सवार ३ जना सामान्य घाईते भएका छन् ।
घाईते मध्ये २ जनाको स्थानिय मेडिकलमा उपचार भई रहेको र १ जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
घाईतेहरूको विवरण :
१ः बसमा सवार जिल्ला चितवन ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ कुयलघारी बस्ने बर्ष ६९ को जित बहादुर बि.क. अवस्था मध्यम पुरानो मेडिकल कलेजमा उपचार भैरहेको
२ः चितवन भरतपुर २९ बस्ने बर्ष ४५ की लालमाया गुरुङ अवस्था सामान्य, स्थानिय मेडिकलमा उपचार भई रहेको ।
३ः गोरखाको गोरखा नगरपालिका ८ बस्ने बर्ष ५२ की चमेली उपरकोटी,अवस्था सामान्य स्थानिय मेडिकलमा उपचार भई रहेको ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८