• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा सार्बजनिक सवारी चालकहरुको स्वास्थ्य परीक्षण

  • खबरदाता

भरतपुरमा सार्बजनिक सवारी चालकहरुको स्वास्थ्य परीक्षण

जेठ १६,२०७९

 

चितवनः भरतपुरमा सार्बजनिक सवारीका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ।

समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, नारायणगढ लेडी जेसीज, नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समितिले संयुक्त रुपमा स्वास्थ्य शिविर आयोजना गरेका थिए । सिबिरमा आँखा लगायतको स्वास्थ्य परीक्षण गरिएको हो ।

उक्त शिबिर पुष्पाञ्जली अस्पताल र भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए । १ सय ५० बढीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्णज्यू ठकुरीले जानकारी दिए । अधिकाँस चालकहरुमा सुगरप्रेसर र आँखामा समस्या देखिएको थियो । चितवन ट्राफिक प्रमुख धर्मबहादुर अधिकारीले नियमित स्वास्थ्य परीक्षणका लागि उत्प्रेरित गर्न स्वास्थ्य शिविर गरिएको बताए ।

नारायणगढ लेडी जेसीजका अध्यक्ष अनिता श्रेष्ठ अधिकारीले चालकहरु स्वस्थ्य बने सम्भावित जोखिम न्यूनिकरण गर्न सकिने बताइन । शिविरमा अटोरिक्सा, म्याजिक, मिनिबस लगायत जिल्लाभित्र सञ्चालनहुने सार्वजनिक सवारी चालकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

नारायणगढ बसपार्क टोलसुधारका अध्यक्ष सन्तोष श्रेष्ठले स्वास्थ्य शिविर निकै उपयोगी बनेको बताए । यसैबीच, भरतपुर वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जन सहितका १० जनाले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरेका छन ।

  • प्रकाशित मिति : जेठ १६, २०७९, सोमवार १५:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८