• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

  • खबरदाता

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ १४,२०७९

सरकारले पेश गरेको नीति तथा कार्यक्रम २०७९/८० संसदबाट पारित भएको छ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकले कार्यक्रम पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सासंदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। नीति तथा कार्यक्रममाथि केही सासंदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए। सासंदहरूले ती प्रस्ताव फिर्ता लिएनन्।

तर ती प्रस्तावहरू अस्विकृत भएका थिए।

यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपरान्ह ४ बजे बजेट पेश हुँदैछ। उक्त बैठकका लागि सांसदहरू ३स्४५ बजे नै उपस्थित हुन सभामुखले अनुरोध गरेका छन्।

प्रतिनिधि सभाको अर्को बैठक आइतबार साँझ ६ बजेसम्मका लागि स्थगित भएको छ।

  • प्रकाशित मिति : जेठ १४, २०७९, शनिवार २१:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८