• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

५ करोड २० लाख ठगी आरोपमा ७२ वर्षीय वृद्धसहित २ जना पक्राउ

  • खबरदाता

५ करोड २० लाख ठगी आरोपमा ७२ वर्षीय वृद्धसहित २ जना पक्राउ

 

जेठ १३, २०७९

सरकारी जग्गासमेत बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बस्ने धनिराम राई समेतको जाहेरीमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बस्ने केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका वडा नम्बर ८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरुले पाँच करोड २० लाख ठगी गरेको उजुरी परेको थियो । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

  • प्रकाशित मिति : जेठ १३, २०७९, शुक्रवार १७:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८