• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

पेट्रोलियम पदार्थको कर घटाउने सरकारको निर्णय

  • खबरदाता

पेट्रोलियम पदार्थको कर घटाउने सरकारको निर्णय

जेठ १३,२०७९

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन् । कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए ।

यद्यपि कति प्रतिशतले घटाउने भन्ने कुरा भने यकीन भइसकेको छैन । हाल सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ । जसका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि हुँदा नेपालमा समेत यसको मूल्यवृद्धि चुलिएको छ ।

अहिले सरकार पेट्रोलियम पदार्थ आयातमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क लगायत जोडेर चर्को कर लिइरहेको भन्दै यसको आलोचना समेत हुँदै आएको थियो ।

  • प्रकाशित मिति : जेठ १३, २०७९, शुक्रवार १२:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८