• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवन कांग्रेसद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान

  • खबरदाता

चितवन कांग्रेसद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान

 

जेठ १३,२०७९

चितवन । नेपाली कांग्रेस चितवनले स्थानिय तह निर्वाचित जनप्रतिनिधिलाइ सम्मान गरेको छ।

शुक्रवार चितवनको भरतपुरमा आयोजिति एक कार्यक्रममा कांग्रेसबाट निर्वाचित २ सय ३ जनालाइ सम्मान गरिएको हो । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका हुन।

 

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, टेक प्रसाद गुरुङ, दिनेश कोईराला, शान्ती परियार, जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान सभापति जीतनारायण श्रेष्ठ लगाएतका नेताहरुको समेत उपस्थित रहेको थियो। कांग्रेस चितवनले स्थानिय तहको निर्वाचनमा रत्ननगर र खैरहनी नगरपािलकामा प्रमुख जितेको थियो। रत्ननगरमा प्रल्हाद सापकोटा र खैरहनीमा शशि खनिया निर्वाचित भएका हुन।

यस्तै भरतपुर महानगरपािलका, माडी नगरपािलका र राप्ति नगरपािलकामा उपप्रमुखमा जित्न सफल भएको थियो । भरतपुर महानगरपािलकाको उपप्रमुखमा चित्रसेन अधिकारी, माडी नगरपालिका उपप्रमुखमा खेम प्रसाद महत्तो, राप्ती नगरपालिका उप प्रमुखमा देवेन्द्र लामा बिजयी हुनु भएको थियो । कांग्रेस चितवनले निवाचनमा ४० जना वडा अध्यक्ष, ३५ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य, ८४ जना खुल्ला सदस्यहरु निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : जेठ १३, २०७९, शुक्रवार ११:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८