• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

मतगणना नसकिंदै काठमाडौंमा बालेन्द्र साह विजयी

  • खबरदाता

मतगणना नसकिंदै काठमाडौंमा बालेन्द्र साह विजयी

 

जेठ ११,२०७९

काठमाडौं महानगरपालिकाको मत गणना नसकिदै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ९ बालेन० विजयी भएका छन् ।

उनले अब गन्न बाकी रहेको मत भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् ।

यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

  • प्रकाशित मिति : जेठ ११, २०७९, बुधवार ११:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८