• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

  • एजेन्सी

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

 

जेठ ११, २०७९

संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ ।

 

त्यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरू भने सामान्य जनसंख्याको लागि समग्र जोखिम कम रहेको बताउँछन् । युरोप, अष्ट्रेलिया र अमेरिकामा भाइरसको प्रकोप भेटिएको छ। यसका लक्षणहरूमा अक्सर ज्वरो र शरीरमा दागहरू समावेश हुन्छन् – तर संक्रमण सामान्यतया हल्का हुन्छ। युएईका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसालै पश्चिम अफ्रिका भ्रमण गरेका एक यात्रीमा यसको सङ्क्रमण देखिएको र अहिले उनको उपचार भइरहेको छ।

 

  • प्रकाशित मिति : जेठ ११, २०७९, बुधवार ०८:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८