• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

एमालेलाई हराउँदै पोखरामा गठबन्धनका धनराज बने प्रमुख

  • खबरदाता

एमालेलाई हराउँदै पोखरामा गठबन्धनका धनराज बने प्रमुख

जेठ १०,२०७९

 

नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।

१ लाख ३८ हजार २११ मत गनिसक्दा मेयर आचार्यले ५६ हजार ४७१ मत ल्याएका छन् भने थापाले ५१ हजार १८५ मत ल्याएका छन् । पोखरामा कूल १ लाख ४३ हजार २२६ मत खसेको थियो । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । उनले ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।

  • प्रकाशित मिति : जेठ १०, २०७९, मंगलवार ०८:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८