जेठ १०,२०७९
प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै नेपाली काँग्रेस केन्द्रीय संसदीय बोर्डले मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका इन्द्रबहादुर बुढाथोकी पराजित भएका छन् । इन्द्रबहादुर बुढाथोकी नेकपा ९एमाले०का गोपालचन्द्र बुढाथोकीसँग पराजित भएका हुन् । उनले २१ हजार ३११ मत ल्याउँदा एमाले उम्मेदवारले २६ हजार ४७८ मत प्राप्त गरे ।
प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काँग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो । नेता कृष्णप्रसाद सिटौला निकट पाण्डेलाई प्रदेश संसदीय बोर्डले टिकट दिएपछि केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माको हस्तक्षेपमा बुढाथोकीलाई उम्मेदवार बनाइएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८