• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

बालेनको अग्रता कायमै, स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर

  • खबरदाता

बालेनको अग्रता कायमै, स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार श्रेष्ठले शाहलाई ३१ हजार १४५ मत प्राप्त भएको जानकारी दिए ।

 

उनका अनुसार एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ९१८ मत पाएका छन् भने काँग्रेसकी सिर्जना श्रेष्ठले १६ हजार ५६२ तथा राप्रपाका उम्मेदवारले २७५५ मत पाएका छन् । मतपरिणामअनुसार केशव स्थापित सँग सिर्जना सिंहले मतान्तर घटाएको देखिएको छ । यी दुई उम्मेदवार बीचको मतान्तर ३५६ रहेको छ ।

यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३१ हजार १११ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १० हजार ६७३ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ५ हजार ४८७ मत पाएका छन् ।

यो मत वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०, २४,२५,२६,१७,१८,२९,३०,३१ र ३२ का गणनाको हो । हालसम्म अन्तिम मत परिणाम घोषणा भइसकेका वडाहरूमा १,२,३,४,५,६,२८,२९,३० र ३२ रहेको श्रेष्ठले जानकारी दिए ।

 

  • प्रकाशित मिति : जेठ ७, २०७९, शनिवार ०९:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८