जेठ ७,२०७९
चितवन – चितवनमा शुक्रवार आएको हावाहुरीले १० जना घाइते भएका छन।
घाइते हुनेहरुमा चितवनको भरतपुर- १३ घर भई हाल भरतपुर १२ बस्ने बर्ष १४ को आसिक सुनार हावाहुरीको कारण भाँचिएको रुखको हांगाले लागी घा भएका हुन। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको।
यस्तै भरतपुर -१८ बस्ने बर्ष बर्ष ६५ को झगरा प्रसाद पनेरु हावाहुरीको कारण गुडी रहेको मोटरसाइकल लडी घाइते भएका छन।
– भरतपुर – ५ बस्ने बर्ष ३६ की सुनिता देवकोटा आफ्नै घरको टिनले लागी घाईते भई चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।उनको अवस्था सामान्य रहेको छ।
– कालिका नगरपालिका -३ पदमपुर बस्ने बर्ष ४१ की सबिना श्रेष्ठ हावाहुरीले सानो गाडी पल्टाउँदा घाईते भई चितवन मेडिकल कलेजमा मध्यम अबस्थामा उपचार भईरहेको छ।
– भरतपुर- ११ बसेनी बस्ने बर्ष ७३ को रण बहादुर थापा हावाहुरीले सानो गाडी पल्टाउँदा मध्यम घाईते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
– भरतपुर- ११ प्रहरी तालिम केन्द्र अगाडि ना ६ ख ३२३७ नम्बरको आईचर ट्रकमा रुख ढली लाग्दा ट्रक चालक हेटौंडा – १० बस्ने बर्ष ३० को उपेन्द्रसिंह घलान र ट्रकको सह चालक बर्ष २५ को अनिल मोक्तान सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको छ। ट्रकमा क्षती भएको र बाटो अबरोध भएकोले खुलाउने प्रयास भईरहेको ।
-भरतपुर- ११ मौलाकालिका नर्सिङ होमको झ्यालको सिसाले टाउकोमा लागि बर्ष २४ को सुजन पौडेल सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको ।
-भरतपुर( १० जेष्ठ नागरिक चोक स्थित चौतारामा रहेको ठुलो बरको रुख ढली भरतपुर -११ बस्ने बर्ष ३५ की निशा खान टाउकोमा चोट, बर्ष ३७ की सिता रेग्मी ढाडमा चोट लागि सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको छ।
अन्य क्षतिको विवरण
– भरतपुर म।न।पा। ११ भोजाड जंगलबाट पदमपुर जाने बाटोमा ठुलो रुख ढली बाटो अबरोध भएकोले पन्छाउने प्रयास भईरहेको । अन्य स्थानको रुखहरु हटाई बाटो सुचारु गरिएको ।
– उक्त हावा हुरीको कारण बिजुलीको पोलढलेको स्थानहरुः( भरतपुर ६ पारसनगर,भरतपुर १५ मंगलपुर र महेन्द्र चोक, भरतपुर १० चौबिसकोठी र बाईपासरोड, भरतपुर ५ डक्काको घोल,भरतपुर ८ पांडेघुम्ती, नहरचोक र बनदेबी चोक ।
– अन्य थप केही स्थानहरुमा समेत रुखको साथै बिजुलीको पोल ढलेको बुझिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८