• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

खैरहनीका मेयर खनिया सहित निर्वाचित पदाधिकारीले लिए सपथ

  • खबरदाता

खैरहनीका मेयर खनिया सहित निर्वाचित पदाधिकारीले लिए सपथ

जेठ ६,२०७९

 

चितवन । खैरहनी नगरपालिकाका नवनिर्वाचित मेयर शशी खनियाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

जिल्ला न्यायधिस प्रकाश कुमार अधिकारी मार्फत खनियाले सपथ लिएसँगै आजैबाट कार्यभार समालेका छन् । बैशाख ३० मा भएको निर्वाचनमा नेकपा एमालेका नेता तथा खैरहनी नगरपालिकाका निर्बतमान मेयर लालमणि चौधरीलाई पराजित गर्दै खनिया मेयर बनेका हुन् ।

खनियाले सपथ लिएसँगै शुक्रबार उप मेयर कबिता उप्रेतीसँगै सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाएका छन् । सपथ ग्रहण लगतै उप मेयर तथा वडा अध्यक्षहरु आफ्नो कार्यक्षेत्रमा गएको मेयर खनियाले जानकारी दिए ।

मेयरको कार्यभार समालेका खनियाको अध्यक्षतामा बसको पहिलो कार्यपालिका बैठकले छोरी बुहारी पढाउ अगाडी बढाउ अभियानको सुरुवात गरेको छ । बैठकले नगर भित्रका सामुदायीक बिद्यालय, सार्वजनिक कलेज तथा क्यामपसमा अध्यनरत थारु, दलित, अपाङ्ग, अल्पसंख्यक तथा बिपन्न छात्राहरुको शिक्षामा पहुच गर्न स्नातक तह समुहको अध्ययनमा सहयोग पुग्ने गरि कोषको स्थापना गर्ने नियर्ण गरेको छ ।

कार्यपालिकाको बैठकले नियम अनुसार छात्रबृति कार्यक्रममा परेका छात्राहरु बाहेक उक्त समुहका अन्य छात्राहरुलाई उच्च शिक्षा सम्मको अध्ययन पुरा गर्न लाग्ने रकम कोष मार्फत बिद्यार्थीलाई प्रंधान गर्ने निर्णय गर्यो । उक्त कार्यक्रम आर्थिक बर्ष ०७९-०८० माफर्त लागु हुनेछ ।

  • प्रकाशित मिति : जेठ ६, २०७९, शुक्रवार १७:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८