जेठ ६, २०७९
स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।
जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ। नेपालगन्ज उपमहानगरसहित ११० नगरपालिका जितेको कांग्रेसले १८२ गाउँपालिकामा जित निकालेको छ।
यस्तै नेकपा एमालेले घोराही उपमहानगरपालिकासहित ६२ नगरपालिका र ११८ गाउँपालिकाको प्रमुख पद जितेको छ।
यस्तै नेकपा माओवादी केन्द्रले जितपुर सिमरा उपमहानगर सहित २० नगरपालिका र ९३ गाउँपालिकामा प्रमुख पद जितेको छ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ६ नगरपालिकासहित १४ पालिकामा प्रमुख पद जितेको छ।
जनता समाजवादी पार्टीले हालसम्म २० पालिकामा प्रमुख पद जितेको छ। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ८ वटा पालिकामा प्रमुख पद जितेको छ। राप्रपाले २ नगरसहित ४ पालिकामा जित्दा अन्यले २१ पालिकामा प्रमुख पद जितेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८