• असार १४, २०७९, मंगलवार Tuesday, 28 June, 2022
centreal college

छ दल मिल्दा पनि ५५९ मतले मात्र हार्‍यो दमकमा एमाले

  • खबरदाता

छ दल मिल्दा पनि ५५९ मतले मात्र हार्‍यो दमकमा एमाले

 

जेठ ६,२०७९

झापाको दमकमा छ दल मिलेर एमालेलाइ हराएका छन।ए।एमालेलाइ हराउन सत्तारुड गठबन्धनसंग राप्रपा पनि मिलेको थियो।

एमालेको दवदवा रहेको दमक नगरपालिकामा छ दलबाट राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् ।

थापाको जितसँगै ओलीलाई आफ्नै गृहनगरमा धक्का लागेको छ । मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । दमकमा एमालेकी उपमेयर उम्मेदवार अम्बिका प्रसाद खनालले १६५७४ मत पाउँदा काँग्रेसका रेगिना भट्टराईले १७०७२ मत ल्याएर विजयी भइन् ।

झापामा एमालेविरुद्ध महागठबन्धन थियो । अर्थात एमालेलाई हराउने लक्ष्यका साथ सत्ता गठबन्धन र राप्रपा एकातिर थियो भने एमाले एक्लै मैदानमा खडा भएको थियो । गठबन्धनमा राप्रपाका थापाले मेयर पाउँदा काँग्रेसले उपमेयर पाएको थियो । जुन गठबन्धन दमकमा सफल भएको छ ।

  • प्रकाशित मिति : जेठ ६, २०७९, शुक्रवार ११:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८