जेठ ६, २०७९
अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका महेन्द्र केसी ६ हजार ९ सय १४ मतसहित विजयी भएका हुन् । केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत ल्याएका छन् ।
यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १ सय ४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले थलबहादुर ओलीले ५ हजार ९ सय ८५ मत ल्याएका छन् ।
मुसिकोटामाम एमाले–काँग्रेस भर्सेस माओवादी–समाजवादीको गठबन्धन थियो । एमाले–काँग्रेस गठबन्धनबाट प्रमुखमा केसी र माओवादी–समाजवादी गठबन्धनबाट उपप्रमुखमा पुन निर्वाचित भएका हुन् । १४ वडा रहेको मुसीकोटका ८ वडा माओवादीले जित्दा ६ वडा काँग्रेसले जितेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८