• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

सप्तरीको राजविराज नगरपालिकामा जसपा विजयी

  • खबरदाता

सप्तरीको राजविराज नगरपालिकामा जसपा विजयी

जेठ ६, २०७९

सप्तरीको राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् । यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे ।

उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन् । इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन् ।

 

  • प्रकाशित मिति : जेठ ६, २०७९, शुक्रवार ०६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८