जेठ ६, २०७९
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १९ हजार ४२९ मत ल्याएका छन् । सिंहका निकटतम प्रतिस्पर्धी एमालेका विजय सरावगीले १० हजार १६१ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ९ हजार २६८ मतले अगाडी छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ८६२ मत ल्याएका छन् ।
महानगर उपप्रमुख पदमा भने गठबन्धनका उम्मेदवार इम्तियाज आलमले १४ हजार १२० मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले २ हजार ८७४ मत प्राप्त गरेका छन् । महानगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले १ हजार ९३४ र राप्रपाकी उम्मेदवार बिना जैसवालले १ हजार ५३७ मत ल्याएकी छिन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म वडा नं १,२,३,४,५,६,७,८,२४,२५,२६,२७,२८,२९,३०,३१ र ३२ गरी १७ वटा वडामा गणना भइसकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८