• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

खैरहनीको नगर प्रमुखमा कांग्रेसका खनियाँ बिजयी

  • खबरदाता

खैरहनीको नगर प्रमुखमा कांग्रेसका खनियाँ बिजयी

जेठ ४,२०७९

चितवन – खैरहनी नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका शशिकुमार खनिया निर्वाचित भएका छन् ।

बुधवार सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार खनियाँ १४ हजारौं ५४५ मतका साथ प्रमुखमा निर्वाचित भएका हुन् ।

सत्तारुड गठवन्धनबाट निर्वाचन लडेका खनियाँले नेकपा एमालेका उम्मेदवार लालमणि चौधरीलाई ८५० मतले जितेका हुन।

खैरहनीमा कुल ३२ हजार ३२१ मत खसेको थियो।

गठवन्धनले नगर प्रमुख जितेपनि उपप्रमुखमा भने पराजत व्यहोर्नु पर्यो । गठवन्धनबीच खैरहनीमा काग्रेशलाई प्रमुख र नेकपा माओवादी केन्द्रलाई उपप्रमुख भाग परेको थियो । उपप्रमुखमा केन्द्रकी उम्मेदवार लक्ष्मी ढकाल भारी मतान्तरले पराजीत भईन् । ढकाललाई नेकपा एमालेबाट उपप्रमुखकी उम्मेदवार कविता उप्रेतीले ४ हजार ४ सय ९४ मतान्तरले पराजीत गरेकी हुन् । उपप्रमुखमा निर्वाचित उप्रेतीले १४ हजार १६४ मत तथा ढकालले ९ हजार ६७० मत प्राप्त गरेकी हुन् ।

खैरहनीमा नगर प्रमुख जितेपनि काङ्ग्रेस अल्पमतमा परेको छ । एमालेले उपप्रमुखसहित वहुमत सदस्य जितेको छ । एमालेले वडा नम्वर ४,६,७,९ र १३ मा प्यानलनै जितेको छ भने वडा नम्वर १ मा तीन जना सदस्य,वडा नम्वर ३ मा तीन जना सदस्य,वडा नम्वर ५ मा अध्यक्षसहित ४ जना सदस्य,वडा नम्वर १३ मा वडाध्यक्षसहित ४ जना सदस्य जितेको छ । काग्रेशले वडाध्यक्ष १ मा अध्यक्षसहित एक सदस्य,दुईमा पुरै प्यानल,तीनमा अध्यक्षसहित एक सदस्य,पाँचमा एक जना सदस्य,८ मा अध्यक्षसहित सवै सदस्य,१० मा अध्यक्षसहित सवै सदस्य,१२ मा अध्यक्षसहित सवै सदस्य र १३ मा एक जना सदस्य जितेको छ ।

उपप्रमुख सहित एमालेको ७ जना अध्यक्षसहित ४० सदस्य आफ्नो पक्षमा पारेको छ । खैरहनीमा नगर प्रमुख र उपप्रमुख सहित ६७ सदस्यीय रहेकोमा वहुमतका लागि ३४ सदस्य आवश्यक पर्छ । नेपाली काग्रेशको भने नगर प्रमुखसहित २७ जना मात्र निर्वाचित भएका छन् । वहुमत सदस्य जुन पार्टीको हुन्छ,त्यही पार्टीले कार्यपालिका सदस्य र मनोनित कार्यपालिका सदस्य चयन गर्नेछ । यो हिसावमा अव नेकपा एमालेले मनोनितसहित कार्यपालिका सदस्य आफ्नो पार्टीबाट चयन गर्न पाउँछ । तर यसका लागि मतदान हुनेछ ।

गठवन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एक सदस्य पनि जित्न सकेन । प्रमुख र उपप्रमुखमा गठवन्धन भएपनि वडागतमा भने उनीहरु एक्लाएक्लै निर्वाचन लडेका थिए ।

  • प्रकाशित मिति : जेठ ४, २०७९, बुधवार १९:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८