• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

काङ्ग्रेसले फर्कायो गैंडाकोट, मेयरमा अधिकारी र उपमेयरमा कोइराला

  • खबरदाता

काङ्ग्रेसले फर्कायो गैंडाकोट, मेयरमा अधिकारी र उपमेयरमा कोइराला

जेठ ४,२०७९

 

गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेललाई २८४९ मतान्तरले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १६४५५ मत प्राप्त गरे भने पौडेलले १३६०६ मत मात्रै प्राप्त गरेका छन् । कांग्रेसको गढ मानिने गैंडाकोटमा २०७४ को स्थानीय निर्वाचनमा एमालेका पौडेलले नेपाली कांग्रेसलाई पछी पार्दै नगर प्रमुख पदमा बाजि मारेका थिए । यसपटक पनि नगर प्रमुख बन्ने पौडेलको चाहना नेपाली कांग्रेसले पूरा हुन दिएन ।

त्यस्तै नगरको उपप्रमुखमा पनि नेपाली कांग्रेसकी शान्ति कोइराला निर्वाचित भएकी छन् । कोइरालाले राप्रपाका तुलाराम पौडेललाई पछी पार्दै जित हासिल गरेकी हुन् । कोइरालाले १६११४ मत प्राप्त गरेकी छन् भने पौडेलले ८६४० मत प्राप्त गरे ।

गैंडाकोटमा नेपाली कांग्रेसले कुल १८ वटा वडा मध्ये ११ वडा, एमालेले ६ र नेकपा माओवादी केन्द्रले १ वटा वडामा अध्यक्ष पदमा विजयी हासिल गरेको छ ।

  • प्रकाशित मिति : जेठ ४, २०७९, बुधवार ०७:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८