जेठ ४,२०७९
चितवन – भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल १३९३ मतले अगाडी परेकि छिन।
हाल सम्म आएको अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्रकि दाहालले ९ हजार ४४७ मत प्राप्त गरेकि छन भने नेकपा एमालेका बिजय सुबेदिले ८ हजार ५४ मत प्राप्त गरेका छन।
काङ्ग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलको पनि मतान्तर बढेको छ। उनले अहिले सम्म ४ हजार २६५ मत पाएका छन।
अहिले सम्म कुल २६ हजार २५८ मत गणना हुँदा उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाकी हिमला गुरुङले ६ हजार ५७७ मत प्राप्त गर्न सफल भएकि हुन।
अहिले भरतपुर ६ को मतगणना जारी छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८