• असार ९, २०८३, मंगलवार Tuesday, 23 June, 2026

काँग्रेसका सुरेन्द्र श्रेष्ठ बने मध्यपुर थिमिको मेयर

  • खबरदाता

काँग्रेसका सुरेन्द्र श्रेष्ठ बने मध्यपुर थिमिको मेयर

जेठ ४, २०७९

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।

 

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत ल्याएर पराजित भइन् । ।

  • प्रकाशित मिति : जेठ ४, २०७९, बुधवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८