• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

भरतपुर ५ मा काङ्ग्रेस बिजयी, रेनुलाई ३७३ मतको अग्रता

  • खबरदाता

भरतपुर ५ मा काङ्ग्रेस बिजयी, रेनुलाई ३७३ मतको अग्रता

 

जेठ ३,२०७९

चितवन – भरतपुर महानगरपालिका- ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका युद्धप्रसाद श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले २०७२ मत ल्याउँदै विजय हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमपाणी सुवेदीले १९५१ मत पाए ।

भरतपुर मतगणना जारी छ । हालसम्म २१ हजार ८६० मतको गणना भइसकेको छ ।

अहिलेसम्मको मतगणनामा भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छन् ।

निर्वाचन कार्यालयका अनुसार रेनुले हालसम्म ७४७१ मत पाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ७०९८ मतसहित उनलाई पछ्याइरहेका छन् । त्यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३६०३ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ९०३२ मतसहित अग्रता लिइरहेका छन् । एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङले ५८६९ मतसहित उनलाई पछ्याइरहेकी छन् ।

  • प्रकाशित मिति : जेठ ३, २०७९, मंगलवार २२:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८