• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

भरतपुरको मेयर जित्न जगन्नाथको मत निर्णायक बन्ने !

  • खबरदाता

भरतपुरको मेयर जित्न जगन्नाथको मत निर्णायक बन्ने !

जेठ ३,२०७९

चितवन -भरतपुर महानगरपालिकामा २० हजार मत गणना गर्दा तेस्रो स्थानमा रहेका जगन्नाथ पौडेलको मत निर्णायक बन्ने देखिएको छ।

महानगरका करिब पाँच वटा वडाको मत परिणाम हेर्दा पौडेलले पाएको मतभारका आधारमा रेनु दाहाल वा बिजय सुबेदी कसले मेयर जित्ने भन्ने आकलन गर्न सकिने अवस्था पुगेको हो।

यदि अहिलेको रेसियोमा काङ्ग्रेसका बागी पौडेलले पाउँदै गरेको मतको अनुपात कायम रहेको खण्डमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई जित हासिल हर्न गाह्रो पर्ने देखिन्छ । हालसम्म सार्वजनिक मतपरिणाम हेर्दा पौडेलको मतको अनुपात प्रत्येक वडाबाट करिब ९ सयको हाराहारीमा रहेको छ।

पौडेलले वडा नम्बर १ बाट ४ सय ३०, वडा नम्बर २ बाट ९ सय २४ मत ल्याएका छन् । पौडेलले वडा नम्बर ३ मा ६ सय ५१ र वडा नम्बर चारमा १५ सय ७२ मत पाएका हुन् ।

वडा नम्बर ४ सम्मको मतपरिणामलाई आधार मान्दा एमालेको भोटको अनुपात प्रत्येक वडामा १९ सय ९३ देखिन्छ । यता माओवादी केन्द्रको अनुपात प्रत्येक वडामा २२ सय ५१ रहेको छ । भरतपुरका २९ मध्ये चार वडा एकीकृत समाजवादीले पाएको हुनाले यी वडामा एमालेको मत घट्ने छ । एमालेले नै जितेका वडा नम्बर ७, ९, २२ र १२ एकीकृत समाजवादीले पाएको छ । वडा नम्बर ७ मा ४ हजार ६ सय ४१ मत रहेको छ भने वडा नम्बर ९ मा ४२ सय ९१ मत छ ।

यता, वडा नम्बर २२ मा ३ हजार ७४ मत रहेको छ । तीबाहेक एमालेका तर्फबाट वडाध्यक्षमा जितेका १० र १२ का जनप्रतिनिधि पनि एकीकृत समाजवादीमा रहेकाले यी वडामा पनि एमालेको मत घट्ने देखिन्छ । वडा नम्बर १० मा ५ हजार ७ सय ८ मत छ भने वडा नम्बर १२ मा ४ हजार ५ सय ३१ मत छ ।

वडा नम्बर ९ देखि एमालेले अग्रता लिन सुरु गर्ने एमालेको दाबी छ । अहिले मतगणना जारी रहेको वडा नम्बर पाँचमा भने अपेक्षा अनुसारको परिणाम नआएको उसको बुझाइ छ । अब वडा नम्बर ९ देखि लिड गर्न सुरु एमालेको दाबि छ। अझ वडा नमूना १० सबै भन्दा राम्रो परिणाम ल्याउने एमालेको आस छ। यस्तै वडा नम्बर २३, २४ र २८ मा पनि राम्रै मत आउने अपेक्षा गरिएको एमालेका नेताहरु बताउँछन।

यता माओवादी केन्द्रले भने पश्चिम चितवनबाट आफ्नो जितलाइ फराकिलो बनाउने बिश्वासमा रहेको देखिन्छ । वडा नम्बर २५ मा भने माओवादीले धेरैले अपेक्षा गरेको पाइदैन । उक्त वडामा पुराना काङ्ग्रेसीहरु रहेको हुनाले धेरै मत पौडेलको भुइकटहरमा जाने देखिन्छ ।

पश्चिम चितवनका २१ देखि २८ वडाको मत गणना गर्दा एमालेलाइ ठुलो मत संख्याले लिड गर्न सकिने माओवादी नेताहरुको अनुमान छ।

भुइँकटहर चुनाव चिह्नमा उठेका जगन्नाथ पौडेलले वडा नम्बर ४ मा खसेको मतको २७ प्रतिशत मत ल्याएका छन् । उनले वडा नम्बर १ मा १३ प्रतिशत मत ल्याएका छन् भने वडा नम्बर २ मा १९ प्रतिशत मत ल्याएका छन् । वडा नम्बर ३ मा १९ प्रतिशत मत ल्याएका छन् । पौडेलले २० हजार भोट कटाउने र २५ हजारसम्म मत आउन सक्ने आकलन गरिएको उनका समर्थक समर्थहरुको आकलन छ।

वडा नम्बर ६ देखि १९ सम्म राम्रै मत आउने उनले पौडेल समुहको बुझाइ छ । ६, ७, ८, ९ र १० मा राम्रो मत ल्याएपनि ११, १२, र १३ मा ठीकै मत आउने उनीहरुको अनुमान छ। १४ देखि १९ सम्मको वडामा भने अहिलेको अनुपात अनुपातलाई कायमै रहने दाबि छ ।

  • प्रकाशित मिति : जेठ ३, २०७९, मंगलवार १९:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८