जेष्ठ २, २०७९
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दौलथ कुलुङ अध्यक्षमा एक हजार ८१४ मत ल्याएर विजयी बनेका हुन् ।
एमालेले शान्ति बहादुर अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर कुलुङले स्वतन्त्र उम्मेदवारको हैषियतमा चुनाव लडेका थिए । कुलुङ काङग्रेसका उम्मेदवार महेश राईलाई २८ र एमालेका उम्मेदवार शान्ती बहादुर अधिकारीलाई ४३१ मतलेपछि पार्दै विजयी बनेका हुन् । राईले एक हजार ७८६ र अधिकारीले एक हजार ३८३ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेसकी अस्मिता कुलुङ १८६२ मतसहित विजयी बनेकी छिन् । एमालेबाट उम्मेवार बनेकी रिता घलेले पराजित भएकी छिन् । यहाँका ६ ओटामा वडामा एउटा एमाले र पाँच ओटा काङ्ग्रेसले जितेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८