• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

दमकमा राप्रपाका राम थापाको अग्रता

  • खबरदाता

दमकमा राप्रपाका राम थापाको अग्रता

 

झापाको दमक नगरपालिकाको मेयरमा महागठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापा अगाडि छन्। मतगणना सुरू गरेदेखि पहिलोपटक थापाले एमाले उम्मेदवारलाई उछिनेका छन्।

थापाले १९६८ मत ल्याए भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छन्।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र एमालेका अम्बिकाप्रसाद खनालले १७५६ मत ल्याएका छन्।

अहिलेसम्म दमकको ४५४१ मत गणना भएको छ। नगरमा ३९ हजार ९४९ मत खसेको छ।

दमकमा सत्ता गठबन्धनका दलहरुले राप्रपाका थापालाई समर्थन गरेका छन्। काङ्ग्रेसले उपमेयर लिएर राप्रपालाई साथ दिँदा माओवादी केन्द्र र जसपाले पनि साथ दिएका छन्। दमकमा यो तालमेललाइ महागठ्बन्धन भन्ने गरिएको छ।

यो एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो।

  • प्रकाशित मिति : जेठ १, २०७९, आइतवार १०:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८